Arjun Bhusal

Arjun Bhusal
Information Officer
Mobile: 9858041688
Email:
arjunbhusal1@gmail.com

Right to Information

बाँके राष्ट्रिय निकुञ्ज कार्यालय, ओभरी बाँके

office

सूचनाको हक सम्बन्धि ऐन, २०६४ को दफा ५(३) तथा सूचनाको हक सम्बन्धि नियमावली, २०६५ को नियम ३ वमोजिम सार्वजनिक गरिएको बाँके राष्ट्रिय निकुञ्ज कार्यालय, ओभरी बाँकेसँग सम्बन्धित सूचनाहरुको प्रकाशन
सूचना सार्वजनिक गरेको अवध -: २०७७/०१/०१ देखि २०७७/१२/३१ सम्म

. बाँके राष्ट्रिय निकुञ्जको संक्षिप्त जानकारी
जैविक विविधताको संरक्षण र विश्वमै दुर्लभ मानिएको पाटे बाघको संरक्षण गर्ने प्रतिबद्धता अनुरुप वि.सं. २०६७ साल बैशाख ३० गते विश्वको सर्बोच्च शिखर सगरमाथाको फेदी कालापत्थरमा बसेको मन्त्रिपरिषदको बैठकबाट घोषणा भई २०६७ साल आषाढ २८ गते (तदनुसार सन् २०१० जुलाई १२) राजपत्रमा सूचना प्रकाशित भई विधिवत रुपमा बाँके राष्ट्रिय निकुञ्जको स्थापना भएको हो । सन् १९९८ मा पृथ्वीलाई उपहार (न्षत तय त्जभ भ्बचतज) भनी यस क्षेत्रलाई तत्कालीन सरकारले घोषणा गरेको थियो । प्रदेश नं. ५ को बाँके जिल्लामा अवस्थित यो निकुञ्ज अक्षांस ८१ड्ढ३९’ २९’’ देखि ८२ड्ढ १२’ १९’’ पूर्व र देशान्तर २७ड्ढ५८’ १३’’ देखि २८ड्ढ२१’ २६’’ उत्तरको भौगोलिक अवस्थितिमा फैलिएको छ । बाँके जिल्लाको उत्तर पूर्व क्षेत्रमा ५५० वर्ग कि.मी. क्षेत्रफल ओगटेको यस निकुञ्जले दक्षिणमा कम्दि जैविक मार्ग हुदै भारतको सोलेहवा वाइल्डलाइफ सेन्चरीसँग र पश्चिममा बर्दिया राष्ट्रिय निकुञ्ज, खाता जैविकमार्ग तथा राष्ट्रिय र सामुदायिक वन हुँदै भारतको कतर्नियाघाट वाइल्डलाइफ सेन्चरीसँग जोडिएको छ । यस निकुञ्ज तथा मध्यवर्ती क्षेत्र समुन्द्र सतहको उचाई न्युनतम १५३ मिटर (बाँकेको ढकेरी नजिक ) देखि १२४७ मिटर (दाङ्गको चुरे क्षेत्रको फुर्केसल्ली नजिक रहेको कुईने धुरी ) सम्म फैलिएको छ । निकुञ्ज क्षेत्रको करिव ५३ प्रतिशत भू – भाग चुरे क्षेत्रले ओगटेको छ ।

निकुञ्ज स्थापनासंगै बाँके, दाङ्ग र सल्यान जिल्लाको केही भागलाई समेटी निकुञ्ज वरिपरीकोे ३४३ वर्ग कि.मि क्षेत्रलाई मध्यवर्ती क्षेत्र घोषणा गरी उक्त क्षेत्रमा स्थानीय उपभोक्ताहरुको प्रत्यक्ष सहभागितामा एकिकृत संरक्षण तथा विकासको अवधारणा अनुरुप विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको छ ।

राप्ती र बबई नदी बिचको चुरे पहाड, नदी तटीय स–सना उपत्यकाहरु र भावर तथा तराईको समथर भू ‐ बनोटमा फैलिएको यस निकुञ्जमा ८ प्रकारका पारिस्थितिकीय प्रणाली, ६ प्रकारका वनको किसिम र २६३ प्रजातीका वनस्पति रहेका छन्् ।


. निकुञ्जको स्वरुप प्रकृति
नेपालको संरक्षणमा एक महत्वपूर्ण कोसेढुङ्गा मानिएको बाँके राष्ट्रिय निकुञ्जको अद्वितिय र अनुपम जैविक विविधता संरक्षण गर्ने मूल उद्देश्य रहेको छ । निकुञ्जमा प्रमुख संरक्षण अधिकृतको नेतृत्वमा मध्यवर्ती तथा अनुगमन शाखा, योजना फाँट, मुद्दा तथा अपराध नियन्त्रण फाँट, लेखा फाँट, हात्तीसार फाँट र प्रशासकीय प्रमुखका रुपमा नायव सुब्बा रहेका छन । यस निकुञ्ज अन्र्तगत दुई वटा सेक्टर, ६ वटा रेञ्जपोष्ट, १० वटा पोष्ट तथा २ वटा हात्तीसार रहेक छन् । यस निकुञ्जको सुरक्षार्थ खटिएको अर्जुणवाण गण १५ स्थानमा रहेको छ ।

. निकुञ्जको उद्देश्य
वन स्रोत सर्वेक्षण, २०१५ अनुसार नेपालको कूल क्षेत्रफल मध्ये संरक्षित क्षेत्रले २३.३९ % भू–भाग ओगटेको छ । नेपाल सरकारले बाघ संरक्षणका लागि अन्तराष्ट्रिय समुदायसँग गरेको प्रतिबद्धता अनुरुप बाघको वासस्थान र जैविक मार्ग संरक्षण गर्ने मूख्य उद्देश्यका साथ स्थापना भएको बाँके राष्ट्रिय निकुञ्जबाट सम्पादन गरिने कार्यहरु निम्नानुसार रहेका छन् ।

➢ तराई, भावर तथा चुरे क्षेत्रको पारिस्थितिकीय प्रणालीहरुको ¬९भ्अयकथकतझक) संरक्षण गर्नु,
➢ सङकटापन्न, दुर्लभ र महत्वपूर्ण वन्यजन्तु वनस्पती ९ँबगलब बलम ँयिचब० लगायत जैविक विविधता संरक्षण गर्नु,
➢ वन्यजन्तु, वनस्पती र तिनको बासस्थान संरक्षण एवं व्यवस्थापनको लागि अध्ययन अनुसन्धान गर्नु,
➢ अद्धितिय सौन्दर्यका भू–दृश्यहरु सिमसार, हरियाली, पदयात्रा र मनोरञ्जनको दृष्टिकोणले महत्वपूर्ण मानिएका क्षेत्रहरुको संरक्षण गर्नु,
➢ संरक्षित क्षेत्रहरुभित्र र आसपासमा बसोवास गर्ने बासिन्दाहरु एवं समुदायहरुको परम्परागत रिती रिवाज एवं सांस्कृतिको जर्गेना गर्न टेवा पु¥याउनु,
➢ मध्यवर्ती क्षेत्र व्यवस्थापन कार्यक्रमबाट स्थानीय बासिन्दाहरुको अर्थपूर्ण सहभागितामा संरक्षण तथा सामुदायिक विकासका कार्यक्रमहरु सञ्चालन गर्नु ।

. निकुञ्जमा रहने कर्मचारी संख्या कार्य विवरण
यस निकुञ्जमा निकुञ्ज र हात्तीसार गरी जम्मा १५३ जना कर्मचारीको दरबन्दी रहेको छ । निकुञ्जका काम कारबाही राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन २०७१ मा दिईएको कार्य विवरण अनुसार नै विभिन्न सेक्टर, रेञ्जपोष्ट तथा पोष्टहरुमा कर्मचारी कार्यरत छन् । यि मातहतका निकायमार्फत यस निकुञ्ज अन्र्तगतका कार्यक्षेत्रमा पर्ने क्रियाकलापहरु समेत कार्यान्वयन भईरहेका छन् ।

. निकुञ्जबाट प्रदान गरिने सेवा
निकुञ्जबाट प्रवाह गर्ने सेवा निम्नानुसार रहेका छन् ।
➢ वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका, २०६९ (तेस्रो संशोधन, २०७५) बमोजिम वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण कार्य ।
➢ वन क्षेत्रमा आश्रित मध्यवर्ती क्षेत्रका समुदायहरुको जिविकोपार्जन सुधारको लागि वैकल्पिक खेती, पर्यापर्यटन र वातावरण मैत्री व्यवसायको विकास गर्न सहयोग पु¥याउने ।
➢ मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहको विधान दर्ता, हस्तान्तरण र यसको संरक्षण, संर्वदन तथा व्यवस्थापन, मध्यवर्ती धार्मिक वनको विधान दर्ता र निजि वन दर्ता जस्ता कार्य ।
➢ मध्यवर्ती क्षेत्रमा घरेलु उद्योग दर्ताको सिफारिस कार्य ।
➢ वन अतिक्रमण, अवैध कटानी तथा चोरी शिकारलाई नियन्त्रणका लागि आवश्यक पर्ने कार्यको व्यवस्था तथा संचालन गर्ने ।
➢ मध्यवर्ती क्षेत्रका स्थानियहरुलाई पञ्चवर्षीय कार्ययोजना बमोजिम नदिजन्य वन पैदावारको अनुमती दिने ।
➢ वन्यजन्तुको चोरी शिकार र वन पैदावरको अवैध चोरी निकासी लगायतका विषयमा मुद्धा अनुसन्धान तथा तहकिकात गर्ने ।
➢ चुरेको पारस्थितिकीय प्रणालीको संरक्षण र दिगो व्यवस्थापन गर्ने ।
➢ राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्यटकीय गतिबिधि जस्तै हात्ती सफारी, जङ्गल सफारी, क्याम्पिङ लगायतका कार्य संचालनको लागि अनुमती दिने ।

. सेवा प्राप्त गर्न लाग्ने दस्तुर अवधि
प्रचलित कानून अनुसार हुने ।

. निर्णय गर्ने प्रक्रिया अधिकारी
यस निकुञ्जको कार्यक्षेत्र भित्र रहेका विभिन्न काम कारबाहीमा नेपाल सरकारले जारी गरेको सरकारी निर्णय प्रकृया सरलीकरण निर्देशिका, २०६५ मा व्यवस्था भए अनुसार निर्णय हुने गरेको छ । सूचनाको हक सम्बन्धी ऐन, २०६४ बमोजिम माग गरिने सूचना सम्बन्धमा सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ७ बमोजिम सूचना उपलब्ध गराउने गरिएको छ ।

. निर्णयउपर उजुरी सुन्ने अधिकारी
यस निकुञ्जबाट उपलब्ध गराईएको सेवा उपर चित्त नबुझेको खण्डमा निकुञ्जका प्रमुख संरक्षण अधिकृत समक्ष उजुरी गर्न सकिनेछ ।

. सम्पादन गरेको कामको विवरण
यस निकुञ्जको स्वीकृत बार्षिक बजेट अनुसारका निम्न बजेट उपशिर्षकमा कार्यहरु हुँदै आएका छन् ।
➢ राष्ट्रिय निकुञ्ज तथा आरक्ष आयोजना
➢ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग
➢ हात्तीसारहरु
यसका साथै यस अवधिमा यस निकुञ्जबाट भएका मुख्य कार्यहरु निम्न अनुसार छन् ।
➢ हात्तीसार भवन निर्माण कार्य
➢ मेषजाली सहितको तारवार निर्माण कार्य
➢ घाँसे मैदान व्यवस्थापन कार्य
➢ पानी पोखरी निर्माण तथा मर्मत कार्य
➢ वनपथ निर्माण, ग्राभेलिङ्ग तथा मर्मत कार्य
➢ डढेलो नियन्त्रणका लागि अग्निरेखा निर्माण
➢ काठेपुल निर्माण तथा मर्मत कार्य
➢ हात्ती र चितुवा प्रभावित क्षेत्रमा सोलार सहितको आउटडोर ल्याम्प जडान कार्य
➢ संरक्षित क्षेत्रका सरोकारवाला सँग अन्र्तक्रिया कार्यक्रम
➢ साईन÷सूचना बोर्ड निर्माण तथा मर्मत कार्य
➢ डढेलो सचेतना तालिम (उपभोक्ता स्तर)
➢ सेना, प्रहरी, प्रशासन तथा नागरिक समाजसँगको सहकार्यमा डढेलो नियन्त्रण कार्य

१०. निकुञ्जको बजेट सम्बन्धी विवरण
चालु आर्थिक वर्ष २०७७÷०७८ को लागि वार्षिक विकास कार्यक्रम अन्र्तगत राष्ट्रिय निकुञ्ज तथा आरक्ष आयोजनामा वार्षिक बजेट रु. १०७२.२२ (रु. लाखमा), हात्तीसार आयोजनामा वार्षिक बजेट रु. १९१.२३ (रु. लाखमा) र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग कार्यक्रममा वार्षिक बजेट रु. २३ ( रु. लाखमा) गरी कुल जम्मा रु. १२८६.४५ (रु. लाखमा) विनियोजन भएको छ ।

११. खर्चको विवरण
यस निकुञ्जको चालु आ.व. २०७७÷०७८ को बजेट उपशिर्षक नं. ३२९०३१०१, बजेट उपशिर्षक नं. ३२९०३०१३ र बजेट उपशिर्षक नं. ३२९०३०११ मा विनियोजित कुल रकम रु. १२८६.४५ (रु. लाखमा) मध्ये चालु तर्फ रु. ४७४.०२ (रु. लाख) र पुँजीगत तर्फ रु. १२१.१० (रु. लाख) बजेट खर्च भएको छ ।

१२. सूचना अधिकारी प्रमुखको नाम पद

प्रमुखको नाम र पद
श्याम कुमार शाह
प्रमुख संरक्षण अधिकृत
९८५८०४१६८६

सूचना अधिकारीको नाम र पद
अर्जुन भूषाल
सहायक संरक्षण अधिकृत
९८५८०४१६८८

Shyam Shah

Shyam Kumar Shah
Chief Conservation Officer
 

Contact & Support

Banke National Park Office
Obhari, Banke, Nepal
Mobile: +977 9858041686

Check Mail

mail.png

Publications

2Publications.png

Notices

notice.jpg